अशोक शर्माले ब्लकबस्टर चलचित्र ‘अल्लारे’को सिक्वेल बनाउँदै…

पाेखरा १० असाेज- निर्माता तथा निर्देशक अशोक शर्माले अर्को वर्षको दशैंमा ‘अल्लारे २’ प्रदर्शनमा ल्याउनेगरी यसको निर्माण घोषणा गरेका छन्। आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘रातो टिका निधारमा’ सकिँदै गर्दा आउँदो वर्षको दशैंमा ‘अल्लारे २’ प्रदर्शनमा आउने घोषणा गरिएको छ।

दुई दशक अगाडि प्रदर्शनमा आएको ‘अल्लारे’ ब्लकबस्टर सावित भएको थियो। अशोक शर्माले नै निर्देशन गरेको चलचित्रमा राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका थियो। सोही चलचित्रमा समावेश हिट गीतको शिर्षक सापटी लिएर अशोकले यसवर्ष ‘रातो टिका निधारमा’बनाएका थिए।

‘रातो टिका निधारमा’ मा पनि कृतिले बाबु अशोकलाई निर्देशनमा सघाएकी थिइन्। गत वर्षको दशैंमा ‘जय भोले’, यसवर्ष ‘रातो टिका निधारमा’प्रदर्शनमा ल्याएका अशोकले २०७७ सालको दशैंमा पनि चलचित्र प्रर्दशनमा ल्याउने भएका हुन्। तर, ‘अल्लारे २’ निर्देशनको जिम्मा भने छोरी कृति शर्मालाई सुम्पिने बुझिएको छ।

अमेरिकमा चलचित्र मेकिङमा ब्याचलर गरेर नेपाल फर्किएकी कृति अहिले खगेन्द्र लामिछानेले निर्देशनमा छायांकनरत चलचित्र ‘पानीफोटो’मा सहायक निर्देशकको रुपमा काम गरिरहेकी छन्। ‘रातो टिका निधारमा’ मा पनि कृतिले बाबु अशोकलाई निर्देशनमा सघाएकी थिइन्। उनै अशोकले ‘अल्लारे’को सिक्वेल अर्को दशैंमा प्रदर्शनमा ल्याउने भएका हुन्। चलचित्रका लागि कलाकारहरुको टुंगो लागिनसकेको अशोक बताउँछन्।

प्रकाशित मिति September 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।