‘छ माया छपक्कै’ ट्रेलरलाई ताली कम, गाली ज्यादा (भिडियाे)

पाेखरा ७ असाेज- दीपकराज गिरी र दीपाश्री निरौला ‘६ एकान ६’ बाट फिल्म निर्माण सुरु गरेको समुहले पछिल्लो रिलिज फिल्म ‘छक्का पञ्जा ३’ सम्म आइपुग्दा असफलता भोग्नु परेको छैन । एकपछि अर्को फिल्मले बक्सअफिसमा रेकर्ड कायम गरेका छन् । दर्शकको ठूलो वर्गको विश्वास जित्न सफल भएका छन् ।

युट्युब प्रयोगकर्ता जीवन ढुंगाना लेख्छन्, ‘ट्रेलर हेर्दा त्यस्तो खासै नौलो कुरा केही पनि देखिएन । सप्पै पुरानै जस्तो जस्तो लाग्यो ।’ अर्का युट्युब प्रयोगकर्ता सुरज रसाइली लेख्छन्, ‘खासै सोचे जस्तो छैन । दीपक दाईको ओभर एक्टिङ ।’ ट्रेलर राम्रो नलागे पनि माग्ने बुढाको रोलले सान्त्वना मिलेको एवी गुरुङले लेखेका छन् ।

यो टिमले पहिलो पटक बाहिरी ब्यानरसँग सहकार्य गरेको फिल्म ‘छ माया छपक्कै’ असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । दशैंको विदा खाने गरि यो फिल्मको निर्माण गरिएको थियो । तर, त्यो सम्भव भएन । दशैंमा फिल्म प्रदर्शनका लागि ठूलो राजनीति भएपछि दीपकराजको समुहले हार खाएर दशैं विदा त्याग्यो । यो फिल्म दशैं सकिएपछि अर्थात् बिना विदामा प्रदर्शन हुँदैछ ।

यसकारण फिल्मको व्यापारिक नतिजा कस्तो होला भन्ने अहिले विभिन्न खाले अडकलबाजी भइरहेको छ । निर्माण टिम भने अघिल्ला फिल्ममाझैँ यसपटक पनि दर्शकको साथ पाउनेमा विश्वस्त छ । गएको शुक्रबार यो फिल्मको ट्रेलर सार्वजनिक भयो । सफलताको मानक मानिने युट्युबको ट्रेन्डिङमा उक्लन नसकेको फिल्मको ट्रेलरलाई सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया बढि प्राप्त छ । ७ लाखभन्दा बढि पटक हेरिसकिएको ट्रेलरलाई अहिलेसम्म १९ हजार लाइक्स मिलेको छ । भने, १३ सय बढिले ‘पब्लिक कमेन्ट’ मा आफ्नो विचार राखेका छन् । जसमध्ये आधाभन्दा बढि कमेन्ट ट्रेलरको आलोचनाले भरिएको छ ।

फिल्मको ट्रेलरलाई गालीको वर्षात हुनुको पछाडि आफ्नो टिमको सफलताले अत्तालिएका केही व्यक्तिहरूले नक्कली आइडी बनाएर आफूहरु विरु*द्ध वि*ष ओकलेको निर्माता तथा कलाकार दीपकराज गिरी बताउँछन् ।

केहीले ‘वडा नम्बर ६’ सँग मेल खाएको प्रतिक्रिया जनाएका छन् भने आशा गरिएअनुसार ट्रेलर बनेको भन्दै टिप्पणी गर्नेको संख्या पनि कम छैन । युट्युब प्रयोगकर्ता जीवन ढुंगाना लेख्छन्, ‘ट्रेलर हेर्दा त्यस्तो खासै नौलो कुरा केही पनि देखिएन । सप्पै पुरानै जस्तो जस्तो लाग्यो ।’ अर्का युट्युब प्रयोगकर्ता सुरज रसाइली लेख्छन्, ‘खासै सोचे जस्तो छैन । दीपक दाईको ओभर एक्टिङ ।’ ट्रेलर राम्रो नलागे पनि माग्ने बुढाको रोलले सान्त्वना मिलेको एवी गुरुङले लेखेका छन् ।

दीपकराजप्रति लक्षित गर्दै चन्द्र लिम्बु युट्युबको कमेन्टमा लेख्छन्, ‘दिपकराजको घमण्ड देख्दा त चरोमुसो पनि हलमा आउँछ जस्तो त लाग्दैन । केदार घिमिरे फिल्ममा नहुनु हो भने लगानी पनि निकाल्न हम्मेहम्मे हुने थियो ।’ नारायण रिमालले फिल्मको ट्रेलर ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा ३’ फ्लेवरको रहेको प्रतिक्रिया जनाएका छन् । युट्युब प्रयोगकर्ता सुरज पाठकले ‘कमेडी हेर्न पाइएला भन्या राजनीति पो छिरेछ’ भन्दै गुनासो गरेका छन् ।

‘छ माया छपक्कै’ को ट्रेलरलाई युट्युबमा मिलेको सकारात्मकभन्दा नकारात्मक प्रतिक्रियाले निर्माण टिमको चिन्ता बढाएको छ । यसको असर फिल्मको व्यापारमा पर्नसक्ने कतिपयको विश्लेषण छ । तर, फिल्मको ट्रेलरलाई गालीको वर्षात हुनुको पछाडि आफ्नो टिमको सफलताले अत्तालिएका केही व्यक्तिहरूले नक्कली आइडी बनाएर आफूहरु विरु*द्ध वि*ष ओकलेको निर्माता तथा कलाकार दीपकराज गिरी बताउँछन् ।

सम्भवतः पहिलो पटक दीपकराज र दीपाश्रीको टिमले निर्माण गरेको फिल्मको ट्रेलरलाई युट्युबको कमेन्टमा यसप्रकारको गाली मिलेको हो । ‘छक्का पञ्जा’ सिरिज युट्युबमा सार्वजनिक गरेको भन्दै दीपक-दीपाको समुहप्रति रुष्ट रहेका दर्शकहरुबाट दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ को ट्रेलरलाई नकारात्मक प्रतिक्रिया मिलेको कतिपयको दाबी छ । खैर, यसको असर चाहिँ फिल्मको व्यापारमा नपरोस्, शुभकामना ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति September 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।