छोरा-छोरी छन् तर हेर्दैनन् बुवालाई, बुढेसकालमा अध्यारो कोठामा काल पर्खिदै…(भिडियो)

पाेखरा ७ असाेज- ढल्नै लागेको घरमा एक्लै बस्छन् । बृद्ध अवस्थामा रहेका उनी एक्लै पीडा भोगेर बस्नुभन्दा उनी अब यो संसर छोड्न चाहन्छन् । ल्मीको धुर्कुट नगरपालिका १ नयाँ गाउँमा बस्ने उनी २०५४ साल देखि आँखा देख्दैनन् । सन्तानको कुनै सहारा छैन । एउटा छोरा विवाह गरेर आफ्नै संसार बसाएका छन् ।

१ छोरी पनि विवाह गरेर गइन् । घरमा एउटा फरक क्षमता भएकी एक कान्छि छोरी छन् । जसलाई यिनै वृद्ध बुवाले नै सहारा दिनुपर्छ । आफ्नै सहारा नभएको बेलामा बृद्ध बुढा बा छोरीको सहारा बन्नु परेको छ । उनी हुन् गोपाल सार्की उमेरले उनी ६९ वर्षका भए । माटोले छापेको सुत्ने ठाउँ त्यो मुनी दाउरा राख्ने गरिएको छ । २३ वर्षकी छोरी छन् । गुल्मीको धुर्कुट नगरपालिका १ नयाँ गाउँमा बस्ने उनी २०५४ साल देखि आँखा देख्दैनन् ।

वृद्ध भएका गोपाल त्यस माथि पनि शरिरले समेत साथ दिन छोडेपछि अहिले उनी निकै चिन्तित छन् । तीनवटा विवाह गरेपछि अहिले एक्लै छन् । छोरा पनि १० वर्ष भयो हेर्न पनि आएको छैनन् । १० वर्ष अघि सम्म पनि छोरा आउँदा आफुलाई एक रुपैया पनि हातमा दिन्थेनन् पसलमा बुवाले गरेको खर्च मात्र तिरिदिन्थे । आँखा नदेख्ने उनी खाना पकाउँदा हात सबै जलाएका छन् । हातका सबै औला आगोले जलेका छन् । शरिर गल्दै गएपछि छिमेकीले पनि हेप्न थालेका छन् । छिमेकीले जग्गा जमिन पनि हडपेर खाइदिएका छन् । छोराले विवाह गरेर नाती समेत जन्मेको छ । भात खुवाई गरेको पनि अरुवाटै थाहा पाए ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति September 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।