पुडासैनी आ*त्मह*त्या दुरुत्साहन मु*द्दाका साक्षीको बकपत्र

चितवन ५ असाेज- नेपाली पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झु*ण्डिएको अवस्थामा श*व भेटिएको थियो । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ ।

आ*रोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घ*टनापछि श*व परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार हालसम्म २० साक्षीको पत्र अदालतमा पठाइएकामा न्यायाधीश हेमन्त रावलको इजलासमा बकपत्र भइरहेको छ ।

मुलुकी अप*राध संहिताअनुसार आ*त्मह*त्या दुरु*त्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झु*ण्डिएको अवस्थामा श*व भेटिएको थियो ।

उनको मोबाइलमा मृ*त्युअघिको भिडियोमा म*र्नुका कारण ती तीन व्यक्ति रहेको आ*रोपमा उनीहरुलाई प्रहरीले प*क्राउ गरी सो मु*द्दा दर्ता गराएको थियो ।

याे पनि पढ्नुहाेस्ः
वृद्ध, असक्तका लागि टिकट लिने छुट्टै लाइनको व्यवस्था गर्न माग

असोज ५ गतेबाट बडा दशैंका लागि लामो दुरीमा चल्ने बसको टिकट बुकिङ खुला गरिएको छ । काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाईन बस्ने यात्रुहरुको भीड देखिएको छ । टिकट पाईदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको नयाँ बसपार्कमा भीड लागेको हो । सरकारले टिकटका लागि कुनै समस्या नभएको आश्वस्त पार्न नसकेपछि यात्रुहरु आत्तिएको अवस्थामा बस टिकटको अग्रिम बुकिङका लागि नया बसपार्क पुगेका पाइएको अधिकारीकर्मीहरुले बताएका छन् । उनीहरुले सरकारले वृद्ध, असक्त महिलाहरुका लागि छुट्टै टिकट लाईनको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

नयाँ बसपार्कमा अनुगमनका लागि पुगेका उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायी र सरकारबीच भएको सहमति अनुसार टिकटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले वृद्ध, असक्त महिलाहरुका लागि टिकट लिने छुट्टै लाईनको व्यवस्था हुनुपर्ने सहमति पनि पालना नगरिएकोमा आपत्ति समेत जनाए ।

यता, सुरक्षा निकायले भने टिकट लिन गएका यात्रुहरुलाई सास्ती दिने काम गरे बस व्यवसायीहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले टिकट लिने लाईनमा बिचौलिया भेटिए बस व्यवसायीमाथि कडा कार्वाही हुने चेतावनी दिए ।

सरकारले दशैंका घर जानका लागि यात्रुहरुको लागि सवारी साधनको अभाव हुन नदिने आश्वास्त पारेको छ । नयाँ बसपार्कमा भेटिएकी यातायात व्यवस्था विभागकी लेखा अधिकृत शारदा पाण्डेले यात्रुहरुलाई समस्या परेमा थप सवारी साधनको तत्काल व्यवस्था हुने जानकारी दिए ।

उनले पहिलो दिन टिकट लिन लाईनमा बसेका यात्रुहरु आत्तिएको अवस्थामा पाइएको उल्लेख गर्दै बस पाईदैन कि भन्ने आशंका नपाल्न पनि सबै यात्रुहरुलाई आग्रह गरे । सरकारले टिकट बुकिङमा नागरिकलाई सहज बनाउन टिक काउन्टरको छेउमा नागरिक सहायता कक्ष पनि संचालनमा ल्याएको छ । यातायात व्यवस्था विभागले दशैंको टिकट बुकिङका लागि गौशाला, चाबहिल, कोटेश्वर, कलंकी र नागकढुंगामा पनि टिकट पाउने व्यवस्था गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति September 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।