नायिका केकी अधिकारी चढेको गाडी सुटिङमा जाँदै गर्दा दु*र्घटना

रौतहट ५ असाेज– नेपाली चर्चित नायिका केकी अधिकारी काठमाडौबाट सामाजिक गीतको लागि छायाँकन गर्न आएको गाडी दुर्घटनाग्रस्त भएको छ ।

यस गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केहि समान्य घाइते भएका छन् । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

याे दुर्घटनामा परेको गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेकोे कलाकार यादवले बताए । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान ४ बजे दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति September 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।