यी महिला हुन् जसले कमला घिमिरेलाई चर्चित बनाइन् (भिडियो)

पाेखरा ५ असोज- प्रगतीशिल महिला समुहले तीजमा प्रतियोगीता कार्यक्रम आयोजना गर्दै आउने गरेको छ । वर्षेनी समुहले कार्यक्रम आयोजना गरेको थियो । यो वर्ष पनि तीज गीत प्रतियोगीता गर्ने र सफल हुनेलाई पुरस्कार समेत दिने गरिएको थियो ।

तिहारमा पनि दोहोरी गाउने, रत्यौलीमा पनि गीत गाउने गरेको आफुले सुनेको कमलालाई पनि अघि बढाउनुपर्छ भन्ने लागेर उनले कमलालाई अमृत सापकोटासंग गीत गाउन लगाएको बताइन् ।

यो वर्षको भदौ ७ गते पनि तीज गीत प्रतियोगीता आयोजना गरियो । गत वर्ष विद्यालयवाट कोही नआएपछि यो वर्ष कोही विद्यालयलाई निम्ता पठाइएन । कमला घिमिरेको छिमेकी तथा सो वडाको वडा सदस्य समेत प्रगतिशिल महिला समुहकी प्रतिनिधि खड्क कुमारी सापकोटाले कमलाको बारेमा पनि सुनेकी थिइन् ।

तिहारमा पनि दोहोरी गाउने, रत्यौलीमा पनि गीत गाउने गरेको आफुले सुनेको कमलालाई पनि अघि बढाउनुपर्छ भन्ने लागेर उनले कमलालाई अमृत सापकोटासंग गीत गाउन लगाएको बताइन् । उनले नै अमृतलाई पनि कमलासंग दोहोरी गाउन राजी गराएको बताइन् । प्रगतिशिल महिला समुहका तर्फवाट आफुले उनलाई सहयोग गरेको बताइन् ।

उनले पहिलो पनि कमलालाई सहयोग गरेको बताइन् ।। कमलालाई गीत गाउन उत्साहित गर्ने, प्रतियोगितामा ल्याउने लगायतका काम गरेको बताइन् । उनले कमलालाई पनि सो विषयमा सोध्न उनले आग्रह गरिन् ।

११ वर्षीया ति बालिकाको दोहोरीमा जवाफ फर्काउने कला निकै राम्रो छ । अमृतसंग सोही कार्यक्रममा गाएको दोहोरी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले उनी चर्चामा छन् । धादिगं वडा नम्बर १२ मा रहेकी कमला घिमिरे अहिले निकै चर्चामा छन् । उनले दोहोरी गीत गाएको सबैले मन पराएपछि अहिले चर्चामा छन् । त्यस्तै समुहलाई आर्थिक रुपमा बलियो बनाउन तिहारमा देउसी भैलो पनि खेलेर पैसा संकलन गरे ।

हेर्नुहाेस् भिडियाेः

याे पनि पढ्नुहेास्ः
खोलाको जग्गा धितो राखेर साढे चार करोड ऋण दिएको आरोपमा सीइओसहित ११ प क्राउ

खोलामा रहेको जग्गा देखाएर करोडौं रुपैया रकम ऋण दिएको अभियोगमा बैँक अफ काठमाडौंका सिइयो सहित ११ जना प्रहरी निय न्त्रणमा पुगेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई निय न्त्रणमा लिएका हुन् ।

खोलामा रहेको कमसल जग्गा धितो राखेर साढे चार करोड रूपैयाँ ऋण प्रवाह गरेको अभियोगमा बैंक अफ काठमाण्डू (बीओके) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय श्रेष्ठसहित ११ जनालाई प क्राउ गरेका हुन् ।

झापामा खोलाभित्रको जग्गा देखाएर डेढ करोड र अन्य कमसल जग्गा धितो राखेर तीन करोड गरी साढे चार करोड रूपैयाँ ऋण निकासा गरेको अभियोगमा प क्राउ गरेको हो । सो अभियोगमा छानबिनका लागि उनीहरुलाई निय न्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । अभियोग पुष्टी भए उनीहरुलाई बैंकिङ्ग कसुरमा मु द्दा चलाइने बताइएको छ ।

प्रकाशित मिति September 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।