साँढेले साढे २ लाखको मंगलसुत्र निलेपछि…

पाेखरा ४ असाेज- विश्वमा भएका केहि घटनाले मानिसलाई अचम्भित बनाउने गर्दछ । जसलाई सुनेर हामी हैरान हुने गर्दछौ । भारतमा पोला पर्वको अवसरमा साँढेको पूजा गरेकान हुन्छन् ।

उक्त पर्वमा साँढेलाई बिभिन्न परिकारहरु ख्वाएर सुनका गरगहनाले सजाउने गरिन्छ । तर भारतको महाराष्ट्रका एक परिवारलाई साँढेको पुजा निकै महंगो साबित भइसकेकाे छ ।

भारतको महाराष्ट्रको अहमदनगरस्थित रायटे वाघापुर गाउमा एक महिलाले साँढेको पुजा गर्ने क्रममा करिब २ लाख पचास हजार रुपैयाँ बराबरको सुनको मंगलसुत्र लगाइदिइन् । सोहि बेला अचानक बिजुली गयो । बिजुली गएपछि उनी मैनबत्ती लिन घरभित्र पसिन् । त्यहि बेला साँढेले उनको मंगलसुत्र निलिदियो ।

मंगलसुत्र निलेको देखेपछि उनले हतारमा परीवारको सदस्य डाकिन् । त्यतिबेला सम्म साँढेले आधा मंगलसुत्र निलिसकेको थियो । ती महिलाका पतिले साढेको मुखभित्र हात हालेर मंगलसुत्र निकाल्न खोजे । जसोतसो आधा मंगलसुत्र निस्कियो ।

आधा मंगलसुत्र निलेको साढेको गोबरमा ८ दिनसम्म मंगलसुत्र खोजियो । साढेले निलेको मंगलसुत्र गोबरमा निस्कएन । त्यसपछि साढेको पशु चिकित्सद्वारा शल्यक्रिया गरियो । र साँढेको पेटबाट आधा मंगलसूत्र निकालियो ।

याे पनि पढ्नुहाेस्ः
द्रुतमार्ग क्षेत्रमा काटिएका रुखको बदलामा रोपिए बिरुवा

नेपाली सेनाले काठमाडौँ तराई–मधेश द्रुतमार्ग सडक आयोजना निर्माणका क्रममा काटिएका रुखका बदलामा बाराको कोल्हवी नगरपालिकामा बृहत् वृक्षारोपण गरेको छ ।

संविधान दिवसको अवसर पारेर शनिबार शान्ति टोलको पाँच हेक्टर जग्गामा गरिएको वृक्षारोपणमा टिक, सिमल, शिरिष तथा जामुन जातका बिरुवा रोपिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरोकारवाला निकायका पदाधिकारी उक्त वृक्षरोणमा सहभागी थिए ।

उक्त स्थानमा उम्रिएका साललगायतका बिरुवा र नयाँ रोपिएका बिरुवालाई तारबार गरी संरक्षण गर्ने कार्यसमेत भएको सेनाले जनाएको छ । वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग आयोजनाबीचको समझदारीअनुरुप द्रुतमार्ग निर्माणका क्रममा हालसम्म हटाइएका १७ हजार ९५४ र पछि कटान गर्नुपर्ने रुखको सट्टामा छ लाखको सङ्ख्यामा बिरुवा रोपिनेछ ।

वैशाखदेखि बाराको निजगढ तथा मकवानपुरको राजदमार इलाकामा आफ्नै नर्सरी स्थापना गरी जमिन सुहाउँदो र छिटो हुर्कने प्रजातिका एक लाख ५० हजार बिरुवा उत्पादन गरिसकेको छ । निजगढ र कोल्हवी नगरपालिकामा रहेका सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रको पहिचान गरिएको १८८ हेक्टर खाली जग्गाको सर्भेगरि वृक्षरोपण गरिने पनि नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति September 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।