हाइड्रोपावरको ड्याम खोल्दा नुहाउँदै गरेकी १९ बर्षिया बिपनाको ज्यान गयो

धादिङ । आँखुखोला हाइड्रोपावरको ड्याम खोल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै दाङ घर भएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर मृत्यु भएको हो । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएर उनी बेपत्ता भएकी थिईन् । काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत विपना ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिईन् ।
कलेजबाट उनी ‘प्राक्टिकल गर्न सल्यानटार प्राथामिक स्वास्थय केन्द्र मा ४५ दिनको लागि गएकी थिईन् तर ४५ दिन पुगेकै दिन खोलाले बगाएर उनको दु:खद निधन हुन पुग्यो ।

हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भने स्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको बताए

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी विपनालाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । त्यस्तै हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भने स्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको बताए । यश बिषयमा थप अनुसन्धान भइरहेको बचाईएको छ ।

प्रकाशित मिति June 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।