चर्चित नायक निखिल उप्रेती यी गायिकासँग छमछम दोहोरी गीतमा यसरी नाचे (भिडियाे)

पाेखरा ४ असाेज- नयाँ लोकदोहोरी गित ‘धानको चामल सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायक बद्री पंगेनी र कला लम्सालको स्वर रहेको छ ।

रमेशको शब्द रहेको यस गीतमा र तिलको ओलीको संगीत रहेको छ । भने गीतको म्युजिक भिडियोमा अरुण अशोक कुमारको छायाकंन ,मिलन विश्वकर्माको सम्पादन र शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ । यस गीतको भिडियोमा निखिल उप्रेती र कला लम्सालको दमदार अभिनय रहेको छ ।

हेर्नुहाेस् भिडियाेः

याे पनि पढ्नुहाेस्ः
दाम भन्दा नाम ठुलो अनी नाम भन्दा काम नै ठुलो’

नायिका श्वेता खड्कालाई ‘प्रवल जनसेवा श्री पदक’बाट विभुसित घोषित भएकी छन् ।संविधान दिवसको अवसरमा नायिका श्वेता खड्कालाई ‘प्रवल जनसेवा श्री पदक’बाट विभुसित घोषित गरिएको छ । राष्ट्रपतिको हातबाट हस्तान्तरण गरिने पदक हासिल घोषित हुदा नायिका खड्काले आफु भित्र एउटा बेग्लै खुशीको रक्तसंचार भईरहेको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै खुशी व्यक्त गरेकी हुन् ।उनले आगामी दिनमा राष्ट्रको उन्नति प्रगतिमा निरन्तर साथ दिने प्रण समेत गरेकी छन् । उनले भनेकी छन् ‘दाम भन्दा नाम ठुलो अनी नाम भन्दा कामनै ठुलो’ । उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ ।

यस्तो छ उनको स्टाटस :
‘दाम भन्दा नाम ठुलो अनी नाम भन्दा कामनै ठुलो’

सम्माननिय राष्ट्रपति ज्युबाट २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा ‘प्रवल जनसेवा श्री पदक’बाट विभुसित हुनेमा मेरो नाम समेत समावेश भएकोमा यतिखेर म भित्र एउटा बेग्लै खुशीको रक्तसंचार भईरहेको छ । खुशी त एकातिर छँदैछ तर त्यो भन्दा पनि मैले आगामी दिनमा निर्वाह गर्नु पर्ने कर्तव्य, जिम्मेवारी र भूमिका भने अझै थपिएको महसुस गरिरहेकी छु ।

जहाँसम्म जिम्मेवारीको सवाल छ, म आफुले बोकेको जिम्मेवारीको भारीलाई बिचमै बिसाएर आराम गर्ने वा त्यो भारीलाई फालेर बाटो मोड्ने मध्येहरु पर्दिनँ । म, आँफैले आँफैलाई अलिक घमण्डी र हठी स्वभावको रुपमा चिनेकी छु । आफुले लिएको लक्ष्यअनुरुप सफलताको केन्द्रबिन्दुमा नपुगेसम्म म कुनै यात्रालाई अँधुरो छोड्दिन , यो मेरो स्वाभाव हो ।

अतः मलाई ‘प्रवल जनसेवा श्री’ पदकको लायक सम्झि दिएकोमा म नेपाल सरकार प्रति हार्दिक कृतज्ञ छु । त्यस्तै मलाई यो सम्मानको लायक बनाइदिने मेरा आदरणीय व्यक्तित्वहरु, सहकर्मी मित्रहरु, शुभचिन्तकहरु, संचारकर्मीवर्ग, दर्शकदिर्घा लगायत निर्माणाधिन माझी बस्तिका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरु प्रती म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

जीवनको अन्तिम श्वाससम्म समाज र राष्ट्रको प्रगति, उन्नति र विकासका निमित्त निरन्तर लागि पर्ने प्रणका साथ तपाईंहरु सम्पूर्णले मेरो हातमा हात र काँधमा काँध मिलाई अटुट साथ दिनुनै हुनेछ भन्ने आशा र विश्वाश लिएको छु । जय देश !’

प्रकाशित मिति September 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।