बलिउड पुगेकी रानु मन्डलको अर्को नयाँ भिडिओ पनि ‘भाइरल’ (भिडियाे सहित)

पाेखरा ४ असाेज- हाल यति बेला निकै चर्चित भएकी भारतिय चर्चित गायिका रानु मण्डल । भारत, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर पेट पाल्दै आएकी रानु मन्डल अब बलिउडकी गायिका भइसकेकी छन्।

रेलवे स्टेशनमा ‘एक प्यारका नग्मा है’ गाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि रानु चर्चामा आएकी थिइन्। उनलाई धेरैले ‘रानाघाटकी लता मंगेशर’ समेत भने।

हिमेश रेशमियाको फिल्म ‘ह्याप्पी, हार्डी एन्ड हीर’ को गीत ‘तेरी मेरी कहानी’ मा स्वर दिएकी रानुको चर्चा चुलिँदो छ। युट्युबमा उनका भिडिओ लाखौंले हेरेका छन्। उनलाइ निकै प्रशंसा पनि गरेका छन्। रेलवे स्टेशनमा ‘एक प्यारका नग्मा है’ गाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि रानु चर्चामा आएकी थिइन्। उनलाई धेरैले ‘रानाघाटकी लता मंगेशर’ समेत भने।

अहिले फेरि उनको अर्को भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो भिडिओमा उनी ‘एक राधा और एक मीरा’ बोलको भजन गाउँदैछन्। भिडिओमा रानुको स्वर सुनेर प्रशंसकहरूले खुब तारिफ गरेका छन्।

यो भिडिओ रानु बलिउडमा आउनु अगाडिकै हो। तर पुरानै भए पनि यसले सामाजिक सञ्जालमा यसले ‘धमाल’ मच्चाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। यो भिडिओ उनकै फ्यानपेजबाट इन्स्टाग्राम एकाउन्टबाट सेयर गरिएको हो। अाफ्नाे भविष्यमा केही हुदैन भनेर पछि नसर्नुहाेस्र पालाे अाउदै हुने छ भन्ने सन्देश रान्र मण्डलबाट पाउन सकिन्छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति September 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।