मुख्य सडकमा गुजुल्टो बनाएर टाँगिएको तार जलेर यसरी अगो फैलिँदै, हेर्नुहाेस् भिडियो

पाेखरा ३ असाेज- काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा तार सप्लाई गरेको पोलमा शुक्रबार बिहान एक्कासी आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् ।

बिजुलीका तारसँग अन्य तार पनि अव्यवस्थित तरिकाले टाँग्दा ठूलो दुर्घटना निम्तिन सक्ने यो घटनाले देखाएको छ । आगलागीबाट तार जलेपछि त्यस आसपास विद्युत, इन्टरनेट, टेलिफोन सेवा अवरुद्ध भएको छ ।

काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा गुजुल्टो बनाएर टाँगिएको तार जलेर अगो फैलिँदै धेरै नाेक्सान भएकाे प्रहरीले जनाएकाे छ । स्थानीयले पानी हाली आगो फैलिनबाट धेरै काेसिस गरेर रोकेका थिए तर याे सम्भव भएन् । केही समयपछि दमकल आएर आगो निभायो । आगो फैलिएर ठूलो क्षति हुनबाट जोगियो ।

आगलागी भएको पोलनजिकै पेट्रोल पम्पसमेत भएकाले स्थानीयहरु त्रसिद भएका थिए । बिजुलीका तारसँग अन्य तार पनि अव्यवस्थित तरिकाले टाँग्दा ठूलो दुर्घटना निम्तिन सक्ने यो घटनाले देखाएको छ । आगलागीबाट तार जलेपछि त्यस आसपास विद्युत, इन्टरनेट, टेलिफोन सेवा अवरुद्ध भएको छ । स्राेतः अन्नपर्ण पाेस्ट

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति September 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।