पश्चिमी इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प (भिडियो सहित)

पोखरा २असोज- इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् । यस भूकम्पलाई शुरुमा ५।६ म्याग्निच्युड भएको जनाइएको थियो ।

केही समयपछि सो रिपोर्टलाई अपग्रेड गरिएको सो निकायका अधिकारी अल्फाथ अबुबाकरले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिनु भएको छ । यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति September 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।