अर्घाखाँचीकी जमुना पौडेल ६ दिन देखि छोरासहित बेपत्ता : खोजिदिन श्रीमानको अपिल !

पोखरा- अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ बल्कोटको सानो चिदिकाबाट एक विवाहित महिला छोरोसहित बेपत्ता भएकी छिन् । बल्कोटको सानो चिदिका गाउँको राजु पोखरा टोलका लालमणि पौडेलकी २६ वर्षिया श्रीमती जमुना पौडेल गत जेष्ठ २४ गते शुक्रबार बिहान देखि छोरो सहित बेपत्ता भएकी हुन् । शुक्र्बार देखि ६ बर्षिय छोरा मोहित पौडेललाई लिएर बेपत्ता भएकी जमुना छ दिन हुँदासम्म फेला नपर्दा परिवार चिन्तित भएका छन् । जमुना माइती घर गुल्मी जिल्लाको दिघाममा, नजिकका साथी, छिमेकी सबैको घरमा खोजी गर्दा पनि फेला नपरेपछि प्रहरी प्रशासनलाई खोजिदिन गुहारेका छन् ।भने अन्य मिडिया सरोकारवाला नपकायलाई पनि खोजीमा सहयोग पुर्याउन उनका श्रीमानले आग्रह गरेका छन् ।

जेठ ,२४ गते शुक्रबार बिहान देखि घरमा कोहि कसैले खबर नगरी आजको मिति सम्म श्रीमती र छोरा सम्पर्कमा नआउँदा उता कतारमा रहेका निजका श्रीमान अत्यन्तै पिडामा छन् ।

जमुनाका श्रीमान् लालमणि पौडेल बैदशिक रोजगारीको शिलशिलामामा कतारमा छन् । जमुना पौडेलको माइती घर गुल्मी जिल्लाको दिघाम भन्ने ठाउमा रहेको छ ।तर जमुना आज सम्म माइतीघरमा पनि न आएको उनका आफन्तजनहरुले बताउछन । यही जेठ ,२४ गते शुक्रबार बिहान देखि घरमा कोहि कसैले खबर नगरी आजको मिति सम्म श्रीमती र छोरा सम्पर्कमा नआउँदा उता कतारमा रहेका निजका श्रीमान अत्यन्तै पिडामा छन् र उनले सबैलाई खोजीमा सहयोग पुर्याउन अनुरोध गरेका छन् ।

शेयर गरेर सहयोग पुर्याउ

प्रकाशित मिति June 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।