पानीले १० फिट भरिएको ठाउँवाट २ शिशुलाई यसरी बचाए

पोखरा २असोज- सामाजिक सञ्जालमा अहिले एउटा तस्वीर भाइरल भइरहेको छ । यो घटना भारतको राजस्थानको कोटा शहरको हो ।

जहाँ निरन्तर परेको बर्षाका कारणले गर्दा त्यहाँका शहरका कैयौँ क्षेत्रमा १० फीट सम्म पानी भरीएको छ । कान्स्टेबल राकेश मीणा ड्यूटीमा जानलागेका बेला उनले केहि दूरीमा दुई बच्चालाई पानीमा डुबिरहेको देखे ।

एउटा ट्यूब लिएर पानीमा गए र ती बच्चाहरुलाई बचाए । तस्वीर अहिले संसारभरी सेयर भइरहेको छ । उनलाई सबैले सल्यूट भन्दै लेखिरहेका छन् । कोटा बैराज बाँधबाट पानी छोड़ेका कारणले शहरका धेरै बस्तिहरुमा पानी भरीएको छ ।

कोटाको लाडपुरा खाई रोड मुख्य बाजारका एसडीआरएफ टीमले रेक्स्यू अप्रेशन चलाएको छ । कोटाको कुन्हाडी बापू बस्तीमा पनि पानी भरीएको छ र त्यहाको शासनले पुरै इलाका खाली गरेको छ र त्यहाका बासिन्दा सुरक्षित स्थानमा लगिएको छ । झालावाडको खंडियाको नजिकमा रहेको सिटी फोरलेनमा पुरै पानी भरीएको छ ।

यसलाइ हेर्न त्यहा मान्छेको भीड लागेको छ । बून्दी जिल्लाको केशवरायपाटनको नजिक रहेको बीरजमा चन्बल नदीमा पानीको बहाब बढेर २५ फीट माथि आएको छ ।

प्रकाशित मिति September 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।