आयो सरर.. उड्ने ट्याक्सी : ग्राहकले मोबाइलबाटै बोलाउन सक्ने

उबर कम्पनीले आकाश उड्ने (हवाई) ट्याक्सी बनाएको छ । निर्माता कम्पनीले केही समयपछि नै यसको परीक्षण उडान गर्ने तयारी गरिरहेको छ । उबर ग्रुपले अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेल्बर्नमा अन्तर्राष्ट्रिय टेस्ट राइड गर्ने योजना बनाएको छ । युएस राइड सेरिङ कम्पनीले पहिलो पटक अमेरिका बाहिर टेस्ट राइडका लागि दुबईलाई आफ्नो छनोटमा पारेको थियो ।

पाइलटविहीन यस ट्याक्सीको सन् २०२० मा मेल्बर्नमा र अमेरिकाको लस एन्जल्स र डल्लासमा परीक्षण उडान हुने कम्पनीले बताएको छ ।

तर दुवईमा यसको परीक्षण उडान गर्न ढिलाई भएको थियो । पाइलटविहीन यस ट्याक्सीको सन् २०२० मा मेल्बर्नमा र अमेरिकाको लस एन्जल्स र डल्लासमा परीक्षण उडान हुने कम्पनीले बताएको छ । ट्याक्सीको व्यापारिक उडान भने सन् २०२३ बाट मात्रै सुरु हुनेछ । उबरको रोडमा चल्ने ट्याक्सी जस्तै यस हवाई टयाक्सीलाई पनि ग्राहकहरुले स्मार्टफोनको एपबाट बोलाउन सक्ने बताइएको छ । एजेन्सी

प्रकाशित मिति June 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।