छवि सँगै बस्न थालिन् शिल्पा पोखरेल !

पोखरा १ असोज- नेपाली चर्चित अभिनेत्री शिल्पा र निर्माता छविको झगडाले केहीसमय नेपाली चलचित्र क्षेत्र अस्तव्यस्त नै बन्यो ।

उनीहरुको घरझगडा र डिभोर्सकोे कुरा आउन थालेका थिए । यो कुरा बाहिर आएपछि छवि र शिल्पा दुवैलाई घाटा भने भएको छ । उनीहरुलाई राम्रो भन्ने दर्शकले पनि अहिले छवि र शिल्पालाई गाली दिन थालेका छन् ।

नयाँ खबर बाहिरिएको छ । छवि र शिल्पाको डिभोर्सको कुरा बाहिर आएपछि छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध मुद्दा हालेकी थिइन् ।

अदालतले छवि र शिल्पालाई प*क्राउ गर्ने स्वीकृति समेत दिएको थियो । तर अहिले फेरि शिल्पा छविसँगै बस्न थालेको कुरा बाहिरिएको छ ।

शिल्पाले अब आफू छविसँग बस्नै नसक्ने अन्तवार्तामा बताएकी थिइन् । फेरि अहिले उनी छविसँगै बस्न थालेको कुराले दर्शक अचम्ममा परेका छन् । अब शिल्पा छविसँग बस्न थालेकी हुन् वा होइनन् त्यो भने छवि र शिल्पाले नै भनेपछि थाहा हुन्छ ।

यो पनि पढ्नुहोस्:

ज्ञानेन्द्रलाई नारायणहिटी, प्रचण्डलाई हेग नपुर्याई देश र जनताले न्याय पाउदैन

नेकपाका सहअधक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले केहि दिन अघि पूर्व राजाको पछिल्लो गतिविधिलाई लिएर जनताले अब पूर्व राजालाई नागार्जुन दरबार बाट पनि खेद्ने अभिव्यक्ति दिनुभएको थियो।

सोहि अभिव्यक्तिलाई लिएर प्रचण्डलाई एउटा खुल्लापत्र सार्वजनिक भएको छ।महान सर्वहारा नेता प्रचण्ड ज्यु ,खै कहाँबाट सुरु गरौँ ? नेपाली दौरा सुरुवाललाई घृणा गरेर विदेशी सुट र टाई पहिरिने तपाइँलाई नेपालको इतिहास र पहिचान बारे ज्ञान त पक्कै छैन भन्ने त्यतिबेला

जतिबेला पहिचानको मुद्दा उठाउने तपाईका लडाकुहरु तपाइँकै आदेशमा संस्कृत पुस्तक जलाउने र पण्डीत नारायण पोखरेलको हत्या गर्ने जस्तो नीच कर्ममा सामेल भएका थिए।

आफ्नो अभिभावकको १३ दिने किरिया बसेर आफ्नो नेपाली हुनुको पहिचान दिएका किरिया पुत्रीहरुलाई हत्या गर्ने देखि लिएर रक्सि बेचेको निहुमा हात नै छिया छिया पार्ने गरि ७४ वर्षकी वृद्धालाई दुख दिएको घटना तथा वांदरमुढेको घटना सम्झदा त तपाइका कुकृत्यहरू माफी गर्न लायक नै छैनन् जस्तो लाग्छ।

आखिर तपाइका पौरखले यो देशमा के भयो ? यो प्रश्न हामीले सोध्दा गणतन्त्र आयो , बोल्ने अधिकार आयो भन्नुहोला तर यदि पूर्वराजा ज्ञानेन्द्रले सहजै दरबार नछाडेका भए देश सिरिया बन्ने थियो। गणतन्त्र तपाइले ल्याएको हैन पूर्व राजा ज्ञानेंद्रले दिएको हो। सम्वोधनमै जनताको नाशो जनतालाई सुम्पेको छु भनेर उनले गद्दी छाडेका थिए।

परि आएमा उनले हामीलाई सुम्पिएको नासो फिर्ता लिने समय पनि नआउला भन्न सकिन्न।बोल्ने अधिकार ल्याएँ मैले भनेर खुब कुर्लनुहुन्छ अनि पत्रकार बोले भने अनेक कानुन ल्याएर मुख बन्द गर्न खोज्नुहुन्छ , पूर्वराजा जो अहिले साधारण जनता भएका छन् उनि बोल्दा सात हात उफ्रनुहुन्छ।

के उनको यो देशमा बोल्ने अधिकार छैन ?
एउटा भारतको प्रान्त जत्रो पनि सिमाना नभएको यो देश नेपाल बाइसे चौबिसे राज्यमा टुक्रा टुक्रा अवस्थामा हुँदा कस्तो हुँदो हो ? के यो देशलाई तपाइका बुवा वा पुर्खाले जोडेका हुन् ?कसैले माने पनि वा नमाने पनि यो देश यदि पृथ्वी नारायण शाहले नै एकिकरण नगरिदिएको भए अहिले तपाइँ भारतको कुनै प्रान्तमा चटपटे बेच्दै हुनुहुन्थ्यो वा चीनको कुनै प्रान्तमा माछा मार्दै हुनुहुन्थ्यो होला।

अहिले त्यहि पृथ्वी नारायण शाहले बनाइदीएको देशमा बसेर उनैका सन्तानलाई लखेट्ने कुरा गर्नु अघि आफूले पूर्व राजा जस्तै विना सुरक्षा घेरा जनतामाझ पुग्ने हिम्मत राखेर एकपटक एक्लै रोल्पामा वा जाजरकोटमा पुगेर त्यहाँ एक पाइला टेकेर देखाइदिनुहोस।तपाइका महा सत्रु ज्ञानेन्द्र त आनन्दले विना सुरक्षा घेरा देशभरि घुमिरहेछन् त। तपाइँलाई चै त्यसै गरि हिड्न कस्तो डर ?

फेरी तपाइँको मानसिक रोगि पत्नीलाई के देशमा ठिक गर्न सक्ने कुनै मनोवैज्ञानिक चिकित्सक छैनन् ?
नेपालमा उनलाई भुलाउन सक्ने कुनै प्राकृतिक ठाउँ छैनन् ? सुनेको छु, ध्यान र योगले मानसिक रोग पूर्ण निको हुन्छ रे। तर , तपाइँ त सर्वहारा नेता भएर बिस्वकै महँगो होटलमा पुग्नुभएछ। त्यहाँको खर्च चै कसले व्यहोरेको हो ? जनता जान्न चाहन्छ।

उत्तर छ भने जवाफ दिनुहोस। हैन भने स्वीकार्नुहोस कि त्यो तपाइको लुटको , झुटको र विदेशी चाप्लुसीको पैसा हो।अब यत्ति गरेर पूर्व राजा जसरि एक्लै निर्धक्क भएर हिड्न नसके र आफ्नो खर्चको श्रोत देखाउन नसके तपाइँ एक कायर, देशद्रोही र भ्रस्ट मान्छे हो कुनै नायक वा महानायक हैन। नायकले त एक्लै लड्छ ।

अरुका लागि लड्छ तर तपाइँ त जनताका छोराछोरी यता आफ्ना लाग लडाएर आफू भने जनता झुक्क्याउन दुइ चार फोटो खिचाउदै यताबाट टाप भागेर भारतमा लुक्नुभएको र पछि भारत र पस्चिमाकै शरणमा गिरिजाबाबु संग मिलेर युद्ध छाडेर शान्तिको बहानामा आत्मसमर्पण गर्नुभएको इतिहासले देखाइसकेको छ।

त्यत्तिले मात्र त कहाँ पुग्यो र ? पद , सत्ता र आफू मुद्दाबाट बच्नको लागि द्वन्दकालिन मुद्दा आफूलाई लाग्ला भनेर अघिपछि सत्तोसराप गर्ने कांग्रेससंग सहकार्य त कहिले तत्कालिन एमालेसंग्ग सहकार्य गर्दै हुँदा हुँदा माओवादी भन्ने पार्टि नै विलय गराएर तत्कालिन एमालेको शरण पर्ने कायरलाई जनताले र पूर्व लडाकुले कुन हिसाबबाट हेरेका छन् त्यो तपाइँलाई राम्रो संग्ग थाहा छ।

तपाइले पोख्ने गरेको आक्रोश पूर्व राजाको खुशियाली प्रतिको द्वेष हो किनकि उनीले राज्य छाडेर पनि जितेका छन् भने तपाइले राज्य , सम्पत्ति , पद सबै पाएर पनि हार्नुभएको छ किनकि आज न तपाइसंग छोरा छ , न परिवार छ। परिवारको नाममा आफ्नै पूर्व लडाकुको पूर्व पत्नी विना मगर , छोरीको नाममा नेपालि कांग्रेसले जिताएको मेयर रेणु दाहाल अनि आफ्नो नाममा कहिले भारत ,

कहिले पश्चिमा , कहिले कांग्रेस र गिरिजाबाबु , कहिले राप्रपा र कमल थापा त कहिले एमाले र ओलीले बनाइदिएको प्रचण्ड भन्ने एउटा झुठो आडम्बरी पहिचान ।तपाईसंग यो बाहेक आफ्नो इमान र आफ्नो वास्तविक आफैले बनाएको परिचय चै के छ ?आफ्नो तुलनामा पूर्व राजा ज्ञानेंद्रलाई हेर्नुहोस। उनको पुर्खा देखिको एउटा पहिचान छ। राष्ट्र निर्माता पृथ्वी नारायण शाहको रगत छ। छोरा छ , छोरी छ ,

नाति नातिना सबै छन्। हासी खुशी बसेका छन्। कुनै पनि फोटोमा रुन लागेको जस्तो अनुहार पनि देखिदैन। न त उनलाई श्रीमती खुशी पार्नलाई कहिले तातोपानी , कहिले बैंकक , कहिले दुबई धाउनु परेको छ।

न त उनलाई कसैलाई यो देशबाट लखेट्नु नै परेको छ। उनिसंग्ग अरुले बनाइदिएको हैन आफैले बनाएको पहिचान छ। तपाइको ठिक विपरित देशका लागि सत्ता छाडेको अभिमान उनमा छ। के यी चीज प्रचण्डमा छ ? के प्रचण्डले देशको लागि पूर्वराजाले जसरि सत्ता छाड्न सक्छ ? सक्दैन। सक्ने भए कहिले काँग्रेस संग त कहिले एमाले संग घुस्रिएर केवल आफ्नो स्वार्थको लागि माओवादी भन्ने दल नै मर्ने स्थिति आउने नै थिएन।अब यतिबेला कायर प्रचण्डको दाउ र व्यवहार जनताले चिनिसकेको छन्।

उहिले जस्तै जनता उचाल्ने , जातिको नाममा जनता लडाउने ,यहाँको धार्मिक संस्कृति सकेर देशमा पश्चिमा र भारतको दाऊ पुरा गर्ने छविलालको कपटि योजना अब सफल हुने वाला छैन ।अब परि आएमा पूर्व राजा ज्ञानेंद्रलाई जनताले निर्मल निवासबाट उठाएर नारायणहिटी अनि प्रचण्ड उर्फ छविलाललाई पेरिस-डाँडा बाट लखेटेर हेग तिर पुर्याउदै देशलाई र जनतालाई न्याय नदेलान भन्न सकिन्न।

प्रकाशित मिति September 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।