म्यानमारमा यसरी खुलिन् स्वस्तिमा

पोखरा ३१ भदौ- वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ बाट सार्क फिल्म फेस्टिवलमा जुरी अवार्ड र राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार हात पारेकी हुन् ।

अभिनेत्री स्वस्तिमा खड्कालाई ‘नम्बर वान अभिनेत्री’ भन्न थालिएको छ । यो फिल्ममा उनले गरेको अभिनय निकै प्रशंसा भएको थियो । भलै, फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेन । यसमा उनले विवाहित महिलाको भूमिका निभाएकी थिइन्, जो टेम्पो चालिका हुन्छिन् ।

हिरोको वरिपरि नाच्ने र हिरोले गुन्डालाई हिर्काउँदा ताली पिट्ने रोलमा मात्र अभिनेत्रीहरु सीमित रहेको अवस्थामा उनले करिअरको सुरुवाती दिनमा नै ट्रयाकबाट हटेर फिल्म गर्ने जोखिम उठाउनु प्रशंसनिय कदम थियो । ‘बुलबुल’ लाई स्वस्तिमाको करियरकै सर्वोत्कृष्ट फिल्म मानिन्छ ।

अहिले सफलताको उत्कर्षमा रहेकी स्वस्तिमालाई फिल्ममा लिन मेकरबीच निकै हानाथाप हुने गरेको छ । व्यावसायिक उत्पादनको प्रवर्द्धनमा पनि उनको माग बढ्दो छ । ब्रान्ड एम्बासडरका लागि महँगो रकम बुझ्ने उनले पहिलो पटक श्रीमान् निश्चल बस्नेतसँग रोमान्स गरेको हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ आउँदो कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

उनको नयाँ फिल्म ‘हजार जुनीसम्म’ गएको साउनमा प्रदर्शनमा आयो । तर, यसबाट उनले तारिफ बटुल्न सकिनन् । बरु, फिल्म छनोटलाई लिएर उनको चर्को आलोचना भयो । यसमा उनको भूमिकाले फिल्मको कथामा खासै ठूलो प्रभाव पारेको थिएन । न त अभिनय नै स्वभाविक थियो ।

यो फिल्मको घोषणालगत्तै उनी ‘क्वालिटी टाइम स्पेन्ड’ गर्न म्यानमार पुगेकी छन् । त्यहाँ उनले जमेरै मस्ती गरिरहेकी छन्, जुन कुरा उनले दैनिक इन्स्टाग्राममा साझेदार गरेको तस्वीरले बोल्छ । उनले म्यानमारमा होलिडेसँगै आफूले कामलाई पनि एकसाथ अगाडि बढाइरहेको इन्स्टाग्राममा उल्लेख गरेकी छन् । स्विमिङ पुलमा खिचिएका केही तस्वीरमा उनलाई निकै हट एन्ड बोल्ड अवतारमा देख्न सकिन्छ ।

‘हजार जुनीसम्म’ मा धेरै कुरामा आफू चुकेको स्वीकार गरिसकेकी उनी अब एडल्ट फिल्मको रुपमा छाप बनाएको ‘चपली हाइट’ को तेस्रो सिरिज गर्दैछिन् । केही दिन अगाडि यो फिल्मको औपचारिक निर्माण घोेषणा गरिएको थियो । कुनै फिल्म गर्नुभन्दा अगाडि टिम र त्यसपछि स्क्रिप्ट हेर्ने बताउने उनले ‘चपली हाइट ३’ भने स्क्रिप्ट राम्रो लागेकाले छाड्न नसकेको बताएकी छन् ।

प्रकाशित मिति September 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।