७४ बर्षिय यादवको टाउकोमा उम्रिएको सिंग देखेर डाक्टर नै चकित !

पोखरा ३१ भदौ- ३० भारतको मध्य प्रदेशस्थित सागर जिल्लामा रहेको रहली गाउँमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउकोमा सिंग उम्रेको छ ।

के मानिसको टाउकोमा सिङ उम्रिएको देख्नुभएको छ?

केही वर्षअघि शिरमा चोट लागेपछि सिंग निस्केको यादवले बताए । सिंग उम्रिएपछि केही समय त यादवलाई असहज भयो तर पछि गएर बानी पर्‍यो । उनले सिंग काटे पनि फेरि उम्रिने गरेको थियो ।

चिकित्सकहरूलाई देखाउँदा कसैले उपचार गर्न सक्दैनौं भने अनि कसैले चाहिँ उपचार महंगो छ भने । अन्ततः सागरको भाग्योदय तीर्थ अस्पतालमा चिकित्सकहरूको टोलीले यादवको टाउकोको सिंग काटेर फाले । शल्यक्रिया गर्ने चिकित्सकहरूको टोलीको नेतृत्वकर्ता डा विशाल गजभियेले यादवलाई दुर्लभ सेबासियस होर्न नामक रोग लागेको बताए ।

सिंग धेरै गहिरो नगाडिएको थाहा पाएपछि शल्यक्रिया गरेको डा गजभियेले बताए । यस केसलाई इन्टरनेसनल जर्नल अफ सर्जरीमा प्रकाशित गर्नका लागि पठाइने डा. गजभियेले बताएको अन्तर्राष्ट्रिय समाचार बताइएको छ । केही घन्टाको शल्यक्रियापछि श्यामलाल यादवले सिंगबाट छुटकारा पाए ।

प्रकाशित मिति September 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।