छोराको हृ*दयाघा*तका कारण ज्यान ग*एपछि बाबुले पनि पिडा सहन नसकी गरे आ*त्मह*त्या

पाल्पा ३०भदौ- एक वृद्धले छोराको अल्पायुमै हृद*याघातका कारण मृ*त्यु भएपछि पीडा सहन नसकेर आ*त्मह*त्या गरेका छन् ।

रामपुर नगरपालिका वडा नं. १० हेक्लाङका ती पिताले सोमबार बिहान आत्मह८त्या गरेका हुन् । छोरा कृष्णप्रसाद तिमिल्सिनाको शनिबार राती हृदयाघातका कारण मृ*त्यु भएको थियो ।

गाउँका मेहनती कृषक भीमराजले पहिलेदेखि नै छोरा कृष्णप्रति गौरव र सन्तुष्टि व्यक्त गर्थे । तिमिल्सिना पाल्पामा भद्र, मिलनसार र मेहनेती आशा लाग्दो सामाजिक तथा बौद्धिक युवाका रुपमा चिनिन्थे । कृष्णकी आमा अशक्त छिन् भने भाइबहिनीहरु परिवारसहित छन् ।

३ दिनको अन्तरमा छोरा मरेपछि बाबु म*रेपछि पुरा गाँउ शोकमा डुबेको छ । पिता भीमराजले घरसँगै रहेको लिचिको रुखमा झुण्डि*एर बिहान ३ बजेतिर आत्मह*त्या गरेको बताए ।

कृष्ण पाल्पाको सदरमुकाम तानसेनबाट संचालित सूर्योदय टेलिभिजनका अध्यक्ष थिए । यसका अलवा उनी तानसनेस्थित मिसन अस्पतालको नर्सिङ कलेज, मिलेनियम कलेज लगायतमा लामो समयदेखि गणित विषयको प्राध्यापक थिए ।

प्रकाशित मिति September 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।